सुशासनलाई प्राथमिकतमा राख्नुपर्छ: नेता कोइराला

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जनप्रतिनिधिहरुले सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

मोरङको बुढीगङ्गा गाउँपालिका–१ को नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले सुशासनबाट नै मुलुकमा सङ्घीयता बलियो हुने विचार राखे। 

वडा तहदेखि नै जनप्रतिनिधिहरुले सुशासन कायम गर्न भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले भने, 'जनताको घरदैलोको सरकार भनेको स्थानीय सरकार हो। जनप्रतिधिहरुले राजनीतिकलाई समाज सेवाको रुपमा लिनुपर्छ।'

नेता कोइरालाले जनप्रनिधिहरुले शिक्षा, स्वास्थ्य, मलखाद, सडक र पुलपुलेसामा जनताको सहज पहुँच पुर्याउन आवश्यक काम गर्नुपर्नेमा जोड दिए। 

उनले जनताको चाहना र आवश्यकतामा केन्द्रित नहुने जनप्रतिधिको राजनीतिक जीवन दिगो नहुने धारणा राखे।

जग्गादाता मोहनप्रसाद कोइराला, हरिप्रसाद निरौला, नागेश कोइराला, खिलानाथ निरौला, महेशप्रसाद कोइराला, मदन कोइराला र प्रेमु कोइरालालाई सम्मान गरिएको थियो। 

स्थानीय जग्गादाताले निःशुल्क उपलब्ध गराएको दुई कठ्ठा जग्गामा रु ७९ लाख २७ हजार भवन निर्माण भएको हो। 

गाउँपालिका अध्यक्ष जितनारायपण थापामगर, उपाध्यक्ष अमृता गच्छदार, पूर्व अध्यक्ष बालचन माझी, वडाध्यक्ष सोमराज काफ्ले र जग्गादाता खिलानाथ निरौलाई भवन निर्माणबाट वडावासीलाई सेवा सेविधा लिन सहज भएको विचार राखे।

प्रकाशित मिति: : 2023-07-30 21:18:00

प्रतिकृया दिनुहोस्