दमकका प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमै अनैतिक हर्कत

झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्मरु प्रसाद निरौला यतिबेला सामाजिक सञ्जाल (टिकटक)मा भाइरल बनेका छन्। 

राष्ट्रसेवक कर्मचारी भएर यसअघि झापामै सहायक प्रमुख जिल्ला अधिकारी र ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारीको समेत जिम्मेवारी सम्हालिसकेका निरौला राष्ट्रसेवाको कामले नभई एक महिलासँग मदिराको मातमा लठठ् भएको भिडियो ति महिलाको व्यवसायिक फर्मको नाममा बनाइएको टिकटक अकाउन्टको लाइभमा भाइरल बन्न पुगेका हुन्।

कतिपय जानकारहरुले सो भिडियो नगरपालिकाको क्वार्टर रुममा बनेको बताउँदै आएका छन्। 

भिडियोमा ति महिलाले टिकटक लाइभमा आएका आफना भिअर्सहरुलाई जिन्दगीमा कसैको भर हुँदैन भनेको सुनिन्छ। 

लाइभमा बसेकी ति महिला मदिरामा लठठ् भएकी र उस्तै तालमा उनको पछाडी निरौला भित्री पोशाकमा बसेर चुम्बन गरेको दृश्य समेत देख्न सकिन्छ ।

निरौलासँग देखिएकी ति महिला दमकमै बिगत ३-४ बर्षयता व्यवसाय सञ्चालन गर्दै आएकी बताइएको छ। 

उनीहरुबीच त्यस किसिमको खानपानसहितको उठबसको सम्बन्ध कसरी र कहिलेदेखि भयो? भन्ने बारेमा अहिलेसम्म थाहा हुन सकेको छैन।

प्रकाशित मिति: : 2023-07-30 21:40:00

प्रतिकृया दिनुहोस्