गैरआवासिय नेपाली संघ नाइजेरियाको नवौं वार्षिक साधारणसभा नाइजेरियाको लेगोसमा सम्पन्न भएको छ।
साधारणसभाले सोमेश अर्याललाई अध्यक्ष र बिश्वास पौडेललाई आइसिसी सदस्यमा सर्वसम्मतले चयन गरेको छ। त्यसै गरि उपाध्यक्षमा उर्मिला रोका, अभिषेकमान सिंह, शंकर बर्मा र अन्जु खरेल (महिला उपाध्यक्ष), महासचिवमा भरत रिजाल, सचिवमा तुलसीराम भण्डारी, कोषाध्यक्षमा खुश्बु घिमिरे, युवा संयोजकमा बिष्णु गिरी, महिला संयोजकमा निक्की गुप्ता र प्रवक्तामा कृष्ण गिरी चयन भएका छन्।
त्यसैगरी सदस्यमा मधु गुरुङ, मन्टुराम चौधरी, बिरेन्द्र बस्नेत र भिम थापा निर्वाचित भएका छन्।
यसैगरी संघको प्रमुख संरक्षकमा हिक्मत थापा र सल्लाहकारहरुमा संजिव क्षेत्री , चिरञ्जीवी रोका, बिदुर घिमिरे, बिरेन्द्र गुप्ता र मन थापालाई साधारणसभाले मनोनयन गरेको छ।
संघका अन्तर्राष्ट्रिय समितिका पुर्व कोषाध्यक्ष हिक्मत थापा प्रमुख अतिथी रहेको साधारणसभामा पूर्व अध्यक्ष संजिव क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
संघका अध्यक्ष बिरेन्द्र गुप्ताको सभापतित्वमा संचालन भएको सभाको संचालन विश्वाश पौडेलले गरेका थिए।
साधारणसभाले एनआरएनएको ब्लड बस परियोजना अन्तरगत पुर्वान्चल ब्लड बस परियोजनालाई रु एक लाख सहयोग पठाउने समेत निर्णय गरेको छ।