अनेरास्ववियुमा जुटेन सहमति, भोलि मतदान

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।

अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम प्रस्ताव गरेलगत्तै असन्तुष्टकहरूले नाराबाजी गरेका थिए।

निर्वाचन प्रक्रियामा जानुपर्ने भन्दै होहल्ला भएपछि निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो। 

कार्यतालिकाअनुसार भोलि बिहान १० बजेदेखि ५ बजेसम्म मतदान हुनेछ। 

कीर्तिपुरमा जारी २४औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दाबी गरेका छन्।

प्रकाशित मिति: : 2025-06-10 14:09:00

प्रतिकृया दिनुहोस्