क्वार्टरमा युवतीसँग अश्लील हर्कत गर्ने अधिकृतलाई २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन पत्र

फाइल तस्विर
फाइल तस्विर

सामान्य प्रशासन मन्त्रालयले आफ्नै क्वार्टरमा युवतीसँग अश्लील हर्कत गर्ने दमक नगरपालिकाका प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई २४ घण्टाभित्र हाजिर हुन भन्दै पत्र पठाएको छ।

अधिकृत निरौलाले क्वार्टरमा मदिरा सेवन गर्दै युवतीसँग अश्लील हर्कत गरेको भिडियो बाहिरिएको थियो। भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि मन्त्रालयले अधिकृत निरौलालाई मन्त्रालयमा उपस्थित हुन आदेश दिएको हो।

मन्त्रालयको पत्रमा निरौलालाई ‘केही कुरा बुझ्नु छ २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुनु’ भनिएको छ।

प्रकाशित मिति: : 2023-07-31 19:35:00

प्रतिकृया दिनुहोस्