फास्ट ट्र्याकमा ४९ अर्ब सकियो, भौतिक प्रगति २५.५४ प्रतिशतमात्रै

रातोपाटी

काठमाडौं

राष्ट्रिय गौरवका आयोजनामध्ये काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट  ट्र्याक) सडक आयोजनाको काम सुरु भएको १५ वर्ष बितिसक्दा पनि भौतिक प्रगति भने ज्यादै कमजोर देखिन्छ ।

आर्थिक वर्ष २०६४/६५ मा सुरु भएको द्रुतमार्गको कामले गति नलिएपछि सरकारले २०७४ साउनबाट नेपाली सेनालाई जिम्मा दिएको थियो । सेनाले काम थालेको पनि ६ वर्ष भइसकेको छ । अहिलेसम्म द्रुतमार्गको भौतिक प्रगति जम्मा २५.५४ प्रतिशत र आर्थिक प्रगति २८.११ प्रतिशत रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव कोमल अधिकारीका अनुसार द्रुतमार्गमा हालसम्म ४९ अर्ब २३ करोड रुपैयाँ खर्च भइसकेको छ । सेनाले चाइना फाष्ट हाईवे कम्पनीलाई अहिले विभिन्न प्याकेजमा ठेक्का दिएको छ ।

प्रकाशित मिति: : 2023-08-03 17:04:00

प्रतिकृया दिनुहोस्