संसदीय सुनुवाइ समितिले विभिन्न मुलुक र कूटनैतिक नियोगका लागि ६ जनाको नाम राजदूतमा सर्वसम्मत अनुमोदन गरेकाे छ।
सरकारबाट सिफारिस भएर आएका राजदूतहरुको नाम समितिको बिहीबारको बैठकले सर्वसम्मत अनुमोदन गरेको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
जसअन्तर्गत अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईकाे नाम अनुमोदन भएकाे छ।