‘एसएलसी पास सभापति’को पार्टीमा मास्टर्स डिग्री पढेकोलाई मात्र विभागकाे सदस्य

चितवनका महिलाहरूका लागि 'ब्लु बस' चलाएर चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विभागीय सदस्यहरूकाे शैक्षिक योग्यताकाे निर्धारत गरेपछि फेरि चर्चाकाे केन्द्रमै छन्।

उनी नयाँपुस्तालाई भड्काउन र भोटको सस्तो राजनीति गर्न निकै सिपालु छन्। जसकाे लाेकप्रियता देखेर परम्परागत दलहरूका चतुर नेताहरूसमेत चकित छन्।

उनै सभापति लामिछानेले बिहीबार केन्द्रीय समिति बैठकमार्फत विभागीय सदस्यहरूका लागि नयाँ योग्यता निर्धारत गरेका छन्।

लामिछाने नायक रहेकाे रास्वपाले केन्द्रदेखि स्थानीय तहसम्मको विभागीय पदाधिकारी र सदस्यहरूको शैक्षिक योग्यता ताेकेकाे छ। केन्द्रीय विभागकाे सदस्य बन्नका लागि रास्वपाले स्नातककोत्तरकाे योग्यता तोकेको महामन्त्री मुकुल ढकालले जनाएका छन्।

उनका अनुसार स्नातककोत्तर नभएको व्यक्तिसमेत केन्द्रीय विभागमा हुनसक्छ तर दश वर्षको अनुभव वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड छ।

यस्तै प्रदेशको विभाग सदस्यका लागि स्नताक, पाँच वर्षको अनुभव वा असाधारण सफलता भएको हुनुपर्ने तोकिएको छ। स्थानीय तहकाे विभाग सदस्यका लागि प्लस टु पास, २ वर्षको अनुभव वा असाधारण सफलता पाएको हुनुपर्नेछ। 

त्यसो त ‘एसएलसी पास सभापति’ रवि लामिछानेको पार्टीमा मास्टर्स डिग्री पढेकोलाई मात्र केन्द्रीय विभाग सदस्यमा राख्ने चर्चासँगै तीव्र आलोचना भइरहेको छ।

प्रकाशित मिति: : 2023-08-04 06:58:00

प्रतिकृया दिनुहोस्