क्विन्टल सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा रिहा भएकी छन्।
घाँटीको क्यान्सरबाट ग्रस्त सुब्बालाई उपचारार्थ परिवारको जमानीमा रिहा गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ।
परिवारको जमानीमा रिहा भएकी सुब्बा बेलाएको बेला हाजिर हुनुपर्नेछ।
घाँटीको क्यान्सरसँग लडिरहेकी सुब्बाले पक्राउ पर्नुअघि किमो थेरापी गर्दै आएकी थिइन्। उनी त्रिभुवन विमानस्थलको भन्सार एजेन्ट बनेको केही महिनामात्रै भएको थियो।