‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डिसिओ)को प्रशिक्षक प्रशिक्षण सुरु

नेपाल ओलम्पिक कमिटीको आयोजना तथा कोरियन एन्टी डोपिङ एजेन्सी (काडा)को संयोजकत्वमा शनिबारदेखि ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डिसिओ)को प्रशिक्षक प्रशिक्षण सुरु भएको छ। कमिटीको मुख्यालय सातदोबाटोमा सञ्चालन भएकाे कार्यक्रम दुई दिनसम्म चल्नेछ।

डिसिओ प्रशिक्षक प्रशिक्षण कार्यक्रम नेपालमा भएको पहिलाे पटक भएकाे हाे।

कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहबीच प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका हुन्। प्रशिक्षक प्रशिक्षणका लागि काडाबाट तीन विशेषज्ञ आएका छन्।

प्रशिक्षकमा काडाका सिओओ म्युङ सु-किम, किजो हान र मिनजोङ सो रहेका। कार्यक्रममा ६ जनाको सहभागिता रहेको छ। सहभागी हुनेमा चिकित्साकर्मीहरू सरोजकृष्ण श्रेष्ठ नवीसमानसिंह प्रधान, ज्ञानेन्द्रविक्रम शाह, सुसन बैद्य, असिम सुवेदी र पूजा भण्डारी रहेका छन्। त्यसमध्ये श्रेष्ठ कमिटी अन्तर्गतको मेडिकल कमिसनका प्रमुख पनि हुन्।

कार्यक्रमकाे अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदमा एन्टी डोपिङसम्बन्धी ज्ञानको महत्वमा जोड दिने बताए।

यस्तै काडाका सिओओ सु–किमले नेपालमा एन्टी डोपिङसम्बन्धी प्रशिक्षक तयार हुन लागेकोमा खुसी गरे। नयाँ खेलकुद ऐनअनुसार नेपालमा नेपाल एन्टी डोपिङ एजेन्सी (नाडा) गठन हुने क्रममा छ।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत यो स्वायत्त निकाय हुनेछ।

प्रकाशित मिति: : 2023-08-05 15:19:00

प्रतिकृया दिनुहोस्