अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौ फिफा महिला विश्वकपमा जापान नर्वेलाई हराउँदै फिफा महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
शनिबार न्युजिल्याण्डको वेलिङटन रिजनल स्टेडियममा भएको खेलमा नर्वे जापनसँग ३- ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो। खेलको १५औँ मिनेटमा जापानले आत्मघाती गोलबाट अग्रता लिएको थियो। नर्वेकी इनग्रिड इंगेनले आत्माघाती गोल गरेपछि जापानले अग्रता लिएको हो।
यता, खेलको २०औँ मिनेटमा नर्वेको लागि गुरो रेइटेनले गोल गरेर खेललाई बराबरीमा ल्याइन्। त्यस्तै, जापानको लागि खेलको ५०औँ मिनेटमा रिसा सिमिजुले गोल गरेर खेलाईलाई २ १ को अग्रता दिलाइन्। खेलको ८१औँ मिनेटमा हिनाता मियावाजले गोल गरेर जापानलाई सफलता दिलाइन्।
यसअघि जापान समूहको विजेता बन्दै नकआउटमा प्रवेश गरेको थियो।