चार पटक महिला विश्वकपको विजेता अमेरिकालाई हराउँदै स्वीडेन फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
आइतबार अस्टे«लियाको मेलबर्न रंगशालामा भएको खेलमा स्वीडेनले अमेरिकालाई पेनाल्टी सुटआउट मार्फत पराजय गरेर क्वार्टरफाइनलमा प्रवेश गरेको हो। अमेरिका स्विडेनसँग पेनाल्टीमार्फत ५-४ ले पराजय हुन पुग्यो।
दुवै टोलीले निर्धारित समयमा बराबरीमा रोकिएपछि ३० मिनेट थपिएको थियो तर थप समयमा पनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।
अब स्वीडेनेले क्वार्टरफाइनलमा जापानसँग खेल्नेछ।