महेन्द्र बहुमुखी क्याम्पसका आन्दोलनरत आंशिक प्राध्यापकको आन्दोलन स्थगित

बाँकेको महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकले आन्दोलन स्थगित गरेका छन्।

क्याम्पस र प्राध्यापकबीच सहमति भएपछि आन्दोलन स्थगित भएको हो। आफ्नो माग पूरा नभएको भन्दै साउन २५ गतेदेखि महेन्द्र बहुमुखी क्याम्पसका आंशिक प्राध्यापक आन्दोलनमा थिए।

२५ गते आन्दोलनको जारी, २६ गतेदेखि कक्षा कोठा बहिष्कार र आजदेखि परीक्षा सञ्चालनमा असहयोग गरेका थिए।

तर आजै क्याम्पस र प्राध्यापकबीच सहमति भएपछि आन्दोलन स्थगित भएको र अब नियमित काममा फर्किने आंशिक प्राध्यापक संघका अध्यक्ष धनिराम थापाले बताए।

आंशिक प्राध्यापकले आफूरुलाई आन्तरिक करार गर्नुपर्ने माग राखेका थिए। त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभर रहेका आङ्गिक क्याम्पसहरुका प्राध्यापकलाई आफूहरूलाई आन्तरिक गरार गर्नुपर्ने भन्दै दुई वर्षअघि माग गरेका थिए।

तर देशभर रहेका ४१ वटा क्याम्पसमा आन्तरिक करार भइसकेको बाँकी क्याम्पसमा हुन नसकेको भन्दै महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापकहरुले आन्दोलनका कार्यक्रम थालनी गरेका थिए।

प्रकाशित मिति: : 2023-08-15 16:41:00

प्रतिकृया दिनुहोस्