फेरिए चार जिल्लाका सिडिओ

File Photo
File Photo

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको छ।

मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।

सप्तरीका सिडिओ भुपेन्द्र थापालाई चितवनको सिडिओमा सरुवा गरिएको छ। त्यस्तै चितवनका सिडिओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सिडिओ बनाइएको छ। मन्त्रालयले नुवाकोटका सिडिओ किरण थापालाई सप्तरीको सिडिओ बनाएको छ।

उता, धनुषाका सिडिओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेलाई धनुषाको सिडिओ बनाइएको छ।

प्रकाशित मिति: : 2023-08-15 18:29:00

प्रतिकृया दिनुहोस्