युवतीलाई प्रहरीमा जागिर लगाइदिने आश्वासन दिएर ठगी

फाइल तस्विर
फाइल तस्विर

दाङकी एक युवतीलाई प्रहरी बनाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

दाङको लमही– ७ की एक युवतीलाई प्रहरी बनाइदिने आवश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले पाल्पाको तानसेन नगरपालिका– ८ का ५८ वर्षीय नरेश गौतमलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो।

नरेशले ती युवतीलाई प्रहरीमा जागिर मिलाइदिने वचन दिएर दुई लाख रकम लिएका थिए। रकम लिएर फरार भएका नरेशविरुद्ध दाङ प्रहरीमा उजुरी परेको थियो।

दाङ प्रहरीले जारी गरेको पक्राउ पुर्जीका आधारमा काठमाडौँ प्रहरीले नरेशलाई सोमबार पक्राउ गरेको हो।

नरेशविरुद्ध वडा प्रहरी कार्यालय, लमहीमा अनुसन्धान जारी छ।

प्रकाशित मिति: : 2023-08-17 13:51:00

प्रतिकृया दिनुहोस्