तिलगंगा आँखा प्रतिष्ठान नि: शुल्क आँखा जाँच तथा औषधि वितरण गरेको छ।
आँखा पाक्ने रोग ‘कन्जङ्क्टिभाइटिस’ बढेपछि प्रतिष्ठानले बुधबार एक दिन निःशुल्क आँखा जाँचसँगै औषधि वितरण गरेको हो।
यस क्रममा काठमाडाैँमा कार्यरत प्रहरीहरुको नि: शुल्क आँखा परीक्षण गरेको प्रतिष्ठानले जनाएको छ।
८८१ जना प्रहरीकाे आँखा जाँच गर्दा चार सयभन्दा बढीमा संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले काठमाडौँको टेकु, कालीमाटी, बलम्बु, महाराजगंज, बालाजु, लैनचौर, स्वयम्भु, सिहंदरबार, बानेश्वर, बौद्धलगयातका स्थानमा अवस्थित हिरासतमा रहेका प्रहरीहरुको आँखा जाँच गरेको थियो।