समाजवादी चिन्तक प्रदिप गिरिको स्मृतिमा उनका अनुयायीहरूले आयोजना गर्न थालेको एउटा कार्यक्रमप्रति गिरीका केही पारिवारिक सदस्यहरूले आपत्ति जनाएपछि आयोजकले त्यसबारे आफ्ना कुराहरू प्रस्ट्याएको छ।
उनको स्मृतिमा शनिबार 'प्रदीप गिरिको पावन स्मृतिमा: लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौं देखि काशीसम्म' कार्यक्रम सुरु हुँदैछ।
तर उनका परिवारका केही सदस्यहरूले भने त्यसबारे आपत्ति जनाउँदै कार्यक्रमको विरोध गरेका थिए।
आयोजकका तर्फबाट कञ्चन झा र रामपल्टन साहले शुक्रबार विज्ञप्ति निकाल्दै असन्तुष्ट परिवारका सदस्यहरूले लगाएका आरोपहरूलाई मिथ्या भनेका छन्।
‘प्रदिप गिरि ज्यूकी श्रीमति, छोरा र बुहारीले हामीमाथि लगाएका आरोपहरू र बुनिएका कथा सबै मिथ्या हुन्।
ती सम्पूर्ण आरोप र बुनिएका कथाहरू हामी पूर्णरूपमा खारेज गर्छौं’ उनीहरूले भनेका छन्। उनीहरूले परिवारका सबै सदस्यहरूको साथ सहयोगमै यो कार्यक्रम आयोजना गरिएको पनि दाबी गरेका छन्।
‘परिवारका अन्य सबै सदस्यहरू (दाजुभाई खलक) को साथ - समर्थन, सहयोगमा नै हामीले प्रदीप गिरिको चिन्तन र विद्वताको प्रचार-प्रसारसँगै सांस्कृतिक पक्षसमेत समेट्ने पवित्र उद्देश्यले अस्तु विसर्जनको कार्यक्रम तय गरेका हौं । भनिसक्यौं, यस विषयमा वहाँहरू पहिल्यै नै जानकार हुनुहुन्थ्यो’ विज्ञप्तिमा भनिएको छ।
यस्तो छ आयोजकको विज्ञप्ति: