प्रहरीका एआइजीहरुको सरुवा, उपत्यका प्रहरी प्रमुखमा थापा, ज्ञावलीको हेडक्वाटर

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी)हरुको सरुवा भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीहको सरुवा गरेको हो।

प्रहरी प्रधान कार्यालय, नक्साल स्रोतकाअनुसार उपत्यका प्रहरी कार्यालय, रानीपोखरी प्रमुखमा एआइजी दीपक थापालाई पठाइएको छ। थापा प्रशासन विभाग प्रमुख थिए।

त्यस्तै थापाको ठाउँमा एआइजी मिरा चौधरीको सरुवा भएको छ भने चौधरीको ठाउँ कार्य विभागमा उपत्यका प्रहरी प्रमुखबाट एआइजी श्याम ज्ञवालीको सरुवा भएको स्रोतले बतायो।

यस्तै एकेडेमीका प्रमुख रहेका एआइजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ भने मानवस्रोत विभाग प्रमुख रहेका सन्दीप भण्डारीको एकेडेमीमा सरुवा भएको छ।

प्रकाशित मिति: : 2023-08-19 10:00:00

प्रतिकृया दिनुहोस्