नेपाल प्रहरीका पाँच एसएसपीहरुको सरुवा, काठमाडौँमा भुपेन्द्र खत्री

नेपाल प्रहरीका पाँच जना एसएसपीहरुको सुरुवा भएको छ।

गृह मन्त्रालयले काठमाडौँका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको ठाउँमा सरुवा गरेर उनको ठाउँमा भुपेन्द्र खत्रीलाई ल्याएको छ।

त्यस्तै अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीलाई महिला बालबालिका निर्देशानलयमा सरुवा गरेर उनको ठाउँमा सोमेन्द्रसिंह राठौरलाई ल्याइएको छ।

कार्की र केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका थिए।

महिला बालबालिका निर्देशनालयका सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा सरुवा गरिएको छ। 

प्रकाशित मिति: : 2023-08-21 17:33:00

प्रतिकृया दिनुहोस्