जापानद्वारा सुष्मा कोइराला मेमोरियल अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण ( भिडियाे)

जापान सरकारले सुष्मा कोइराला मेमोरियल अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

साेमबार काठमाडाैँमा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले अस्पताललाई पाँच वटा आईसियू बेड र जीजीपी हस्तान्तरण गरेको हुन्।

यसैगरी सर्भर बर्न रोगीहरूको लागि मेडिकल इक्विकमेन्ट स्थापना गर्ने परियोजनाको लागि जापानी सरकारले सुष्मा कोइराला अस्पताललाई १ कराेड नेपाली रुपैयाँसमेत सहयाेग गरेको छ।

राजदूत युताकाले परियोजनामा संलग्न सबै पक्षको प्रयासका लागि बधाई तथा शुभकामना व्यक्त गर्दै परियोजनाले रोगीको लागि ठूलो मद्दत पुग्ने बताए। 'परियोजना रोगीको लागि ठूलो मद्दत भएको छ। किनकि सर्भर बर्नको लागि जटिलता रोक्नतत्काल र विशेष ट्रयार्टमेन्ट दिन महत्वपूर्ण छ', उनले भने।

त्यस्तै, कांग्रेस नेत्री सुजाता कोइरालाले अस्पतालमा सामाग्रीहरु थप भएपछि बिरामीहरूको उपचार गर्न मद्दत पुग्ने बताइन्।

उनले भनिन्, 'यस अस्पतालमा इक्विकमेन्टहरू आईसियू सहयाेग र अस्पताल कक्ष स्थापित गरिएकोमा धेरै खुसी लागेको छ। जसले जलेका बिरामीहरूको उपचार गर्न मद्दत गर्दछ।'

प्रकाशित मिति: : 2023-08-21 17:22:00

प्रतिकृया दिनुहोस्