'पार्टीको भवन बनाउन २५ करोड संकलन गर्ने योजना छ'

नेकपा (एमाले) गण्डकी भवन निर्माण कमिटीको बैठक बिहीवार सम्पन्न भएको छ।

बैठकमा गण्डकी प्रदेश इन्चार्ज एवम सचिव गोकर्ण बिष्टले पार्टीको अत्याधुनिक भवन बनाउने योजना सुनाउँदै रू २५ करोड संकलन गर्ने योजना रहेको उल्लेख गरे।

बिष्टले प्रत्येक पार्टी सदस्यबाट ५ सय उठाइने र सक्ने महानुभावहरूले  मुठ्ठी फुकाएर सहयोग गर्न आव्हान गर्दै सभा हल, पार्टी र जनसंगठनको भवन कार्यालय रहने जानकारी दिए। 

बैठकमा भवन निर्माणमा गण्डकीका नेताहरु उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी  सदस्य किरण गुरुङ, खगराज अधिकारीले भवन बनाउन हर तरहले सहयोग गर्ने बताए।

उनीहरूले यो अवसरमा पार्टीका सदस्य, जनप्रतिनिधि, व्यवसायी र शुभेच्छुकले दिल खोलेर सहयोग गर्न आग्रह गरे।

भवन निर्माणका लागि पहल लिएका ईन्चार्ज गोकर्ण बिष्टलाई धन्यवाद दिँदै बैठकमा सबै जिल्लाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बैठकले ४५ सदस्यीय सचिवालय गठन गर्ने र चाँडै अर्को बैठकमा जिल्लागत जिम्मेवारी तोकिने जानकारी दिइयो।

बैठकमा गण्डकीका नेताहरु, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र सदस्यहरु , जिल्ला कमिटि अध्यक्ष, संघीय र प्रदेश सांसदहरु, पालिकाका प्रमुख, उपप्रमुख,जनवर्गीय संगठनका अध्यक्ष र उध्यमी र व्यवसायि सहभागी थिए।

बैठक प्रदेश कमिटी अध्यक्ष  नवराज शर्माको अध्यक्षता र एमाले महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको संचालन प्रदेश सचिव धनञ्जय दवाडीले गरेका थिए।

प्रकाशित मिति: : 2023-08-24 21:16:00

प्रतिकृया दिनुहोस्