पोखराको एक होटलमा जुवाखेलिरहेको अस्थामा पक्राउ परेकामध्ये गाउँपालिका अध्यक्ष भएको खुलेको छ।
पोखरा सिर्जनाचोक स्थित लक्ष्मी होटेलमा बिहीबार जुवा खेलिरहेका बेलामा पक्राउ परेको जुवाडेको टोलीमा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष पनि रहेको खुलेको हो। गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद भएको प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले बताएका छन्।
अध्यक्ष लालचनले आफ्नो नाम लुकाएर मोहन थकाली बताएका थिए। यो नाम गण्डकन्यूजमा प्रकाशन भएपछि मुस्ताङका केही युवाले फोन गरेर यस्तो नाम यो ठाउँमा नभएको जानकारी दिए।
यसबारे बुझ्दा प्रहरीसँग आफ्नो नाम नभनी फेरेको पाइयो। पक्राउ पर्ने अन्यमा होटल सञ्चालक मुस्ताङ घोरपझोङका ५७ वर्षीयका इन्द्रबहादुर हिराचन, नविनप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन परेका छन्।
सातै जनालाई आज म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीको तयारी छ।