एसिया कपः आज नेपालले पाकिस्तानसँग खेल्दै

१६ औँ संस्करणको एसिया कपको उद्घाटन खेलमा आज नेपाल पाकिस्तानसँग खेल्दैछ।

बुधबार खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा नेपाली समय आनुसार दिउँसो सवा तीन बजेबाट सुरू हुँनेछ। गत बैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो।

नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्ने भएको हो।

नेपालले पाकिस्तानविरुद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग भदौ १८ मा खेल्नेछ। प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन्।
 

प्रकाशित मिति: : 2023-08-30 05:33:00

प्रतिकृया दिनुहोस्