क्रिकेटर सन्दीप लामिछाने बुधबार पाकिस्तानविरुद्धकाे खेलमा आफ्नो ५० औं ओडिआई खेल्दै छन्।
आज नेपालले घरेलु टोली पाकिस्तानसित पहिलाे खेल खेल्दैछ। २०१८ मा सन्दीपले नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए।
५० औँ ओडिआई खेल्ने सन्दीप तेस्राे खेलाडी हुन्। यसअघि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले ५० ओडिआई खेल पूरा गरेका छन्।