नेपालको खराब सुरुआत, तीन विकेट गुम्यो

पाकिस्तानविरुद नेपालले खराब सुरुआत गरेको छ।

३४३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो। नेपालका ओपनर आशिफ शेख दोस्रो ओभरको चौथो बलमा ५ रन बनाउँदा नसिम शाहको बलमा इफिखार अहमदको हातबाट क्याच आउट भएका थिए। त्यस्तै, अर्का ओपनर कुशल भुर्तेल शाहिद अफ्रिदीको पाँचौं बलमा कुशल भुर्तेल आउट भएका थिए।

त्यस्तै,अर्को बलमा कप्तान रोहितकुमार पौडेल पनि आउट भएका थिए।

प्रकाशित मिति: : 2023-08-30 20:08:00

प्रतिकृया दिनुहोस्