अमेरिकी सिनेटर क्रिस भान होलेन नेपालमा

अमेरिकी सिनेटर क्रिस भान होलेन नेपाल आइपुगेका छन्। उनी शुक्रबार काठमाडौँ आएका हुन्।

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य रहेका होलेन नेपाल भ्रमणमा आएको बताइएको छ।

यहाँ होलनेले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक विषयमा छालफल गर्ने काठमाडौँस्थित अमेरिकी राजदूतावासले जनाएको छ।

भ्रमणका क्रममा होलेनले सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्ने र अमेरिकी सहयोगमाथि प्रकाश पार्ने पनि दूतावासले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2023-09-01 14:43:00

प्रतिकृया दिनुहोस्