कतारमाथि सनसनीपूर्ण जित निकाल्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश

फाइल तस्विर
फाइल तस्विर

कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल मलेसियामा जारी आइसीसी वुमन्स टि– २० विश्वकप एसिया छनोटमा समूह ‘ए’बाट सेमिफाइनलमा प्रवेश गरेको छ।

कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्‍यो।

नेपालकाे जितमा काजोल श्रेष्ठले ३२ रन बनाइन्। यस्तै सीता राना मगरले १७ र इन्दु बर्माले नट आउट २० रनको योगदान गरिन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७३ रन बनायो।

यो जितसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको छ।

प्रकाशित मिति: : 2023-09-04 09:43:00

प्रतिकृया दिनुहोस्