वीर अस्पतालकाे छैटौँ तलाबाट खसेर एक पुरुषकाे मृत्यु

वीर अस्पतालको नयाँ सर्जिकल भवनको छैटौं तलाबाट खसेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। अस्पतालको सीसीटीभी फुटेजमा उनी आइतबार राति २ बजेतिर भवनबाट खसेको देखिएको छ।

अस्पतालका सूचना अधिकारी सागर मिश्रकाअनुसार अन्दाजी ४० वर्षका मृतक पुरुषको हालसम्म पहिचान खुलेकाे छैन। उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

मिश्रकाअनुसार ती पुरुषले आफूलाई बिरामीको कुरूवा भन्दै अस्पताल प्रवेश गरी छैटौं तलामा रहेको खुला स्थानबाट हामफालेको देखिएको छ।

उनकाअनुसार घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2023-09-04 13:35:00

प्रतिकृया दिनुहोस्