६० किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ।
सुन तस्करीमा मुछिएका चिनियाँ नागरिहरुसँग ‘कनेक्सन’ देखिएपछि दिपेशलाई सीआईबीमा उपस्थित गराएर बयान लिइएकाे प्रहरी स्रोतले जनाएकाे छ।
नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका उनकाे सुन तस्करीमा जाेडिएका व्यक्तिहरुसँग उठबस रहेको भन्दै आलाेचना भएकाे थियाे।
साउन ३ गते सिनामंगलबाट बरामद भएको ६० किलो प्रकरणमा बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका थिए। उनै दावासँग दिपेशको व्यापारिक साझेदारी रहेकाे समाचार पनि सार्वजनिक भएको थियो। त्यसपछि पुनसँग सीआईबीले सोधपुछ गरेकाे हाे।