‘आमालाई घरको माथिल्लो तलामा उक्लिन सक्दैन भन्ने पीर थियो, अहिले म स्कुटर कुदाउँछु’

सेतोपाटी

सरिशा अछामी

५४ वर्षीय भोजराज श्रेष्ठका दुई गोडा र एक हात चल्दैन।

उनले थाहा पाउने भएदेखि नै उनी अरू मानिसभन्दा फरक थिए।

त्यही फरक देखेर धेरैले उनलाई सोध्थे- अशक्त भएर के गर्न सक्छस्?

यो प्रश्न उनले १० वर्षअघिसम्म पनि सुन्थे। प्रश्न सुनेर उनलाई डर लाग्थ्यो। आफ्ना हातगोडा नचलेको भन्दा पनि मान्छेहरूले गर्ने अमानवीय व्यवहारले उनलाई त्रसित बनाउँथ्यो।

अहिले भोजराजको परिचय फेरिएको छ। उनी आत्मनिर्भर बनेका छन्। आफूमात्र आत्मनिर्भर बनेका छैनन् आफूजस्तै फरक शारीरिक अवस्था भएका देशभरिका मानिसलाई बाँच्न सजिलो पार्ने अभियन्ता बनेका छन्।   

प्रकाशित मिति: : 2023-09-05 18:20:00

प्रतिकृया दिनुहोस्