काँग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

Photo - Reporters nepal
Photo - Reporters nepal

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ।

बुधबार दिउँसाे भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबको कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो।

उनको टाउकोकाे पछाडि भागमा चोट लागेको छ। आक्रमणलगत्तै उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याइएको छ।

यादवमाथि खुकुरी हान्ने नुवाकोटाको विदुर नगरपालिका–७ का ४७ वर्षीय श्यामबाबु सापकोटालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

घटनाका बारेमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रकाशित मिति: : 2023-09-06 14:28:00

प्रतिकृया दिनुहोस्