प्रसुती अस्पतालमा टिकट अनलाइनबाट लिन सकिने 

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीको टिकट अनलाइनबाटै लिन सकिने भएको छ।

अस्पतालले  बुधबार (आज) ६४औं वार्षिकोत्सव मनाउँदै बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरू गरेको हो।

अस्पतालले बुधबारदेखि अनलाइन टिकट, थप एक–एक वटा बिलिङ, टिकट काउण्टर र फार्मेसी काउण्टर थपेको छ।

प्रसुती अस्पताल विस २०१६ साल भाद्र १० गते कृष्ण जन्माष्टमीको दिन स्थापना गरिएको थिए। 

४० शैयाबाट सेवा सुरु गरिएको अस्पताल हाल ६ सय शैयामा सञ्चालन भइरहेको छ।

प्रकाशित मिति: : 2023-09-06 18:06:00

प्रतिकृया दिनुहोस्