वडाध्यक्ष रिजालको निधनमा भोलि काठमाडौँमा शोक बिदा 

फाइल तस्विर
फाइल तस्विर

काठमाडौँ महानगरपालिकाले वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको निधनमा भोलि (शुक्रबार) शोक बिदा दिने भएको छ।

रिजालको असमायीक निधन भएकोमा भोलि शोक बिदा दिने निर्णय भएको प्रवक्ता नवीन मानन्धरले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनकाअनुसार काठमाडौँ महानगरपालिका र त्यसअन्तर्गतका कार्यालय बिदा हुनेछन्।

डेंगी संक्रमण र निमोनियाबाट ग्रसित ५३ वर्षीय रिजालको उपचारको क्रममा बिहीबार ग्राण्डी अस्पतालमा निधन भएको थियो।

उनको पार्थिव शरीर श्रदाञ्जलीको लागि भृकृटीमण्डपस्थित राष्ट्रिय सभागृहमा राखिएको थियो, जहाँ महानगर प्रमुख बालेन्द्र साहले महानगरको झण्डा ओढाएका थिए।

प्रकाशित मिति: : 2023-09-07 16:30:00

प्रतिकृया दिनुहोस्