बडीमालिका मन्दिरका पुजारीले दलितकाे पूजा थाली नै फालिदिएपछि...

बाजुरा सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिरमा फेरि दलित माथि विभेद गरिएको छ। श्रीकृष्ण जन्मअष्टमीको दिन लाग्ने पुजामा सहभागि हुन गएका दलित समुदायका युवती माथि विभेद गरिएको छ। पुजारीले हातमा लिएको थाली समेत बाहिर फालिदिएर टिका लगाउन अस्वीकार गरेको पीडित युवतीले गुनासो गरेका छन्।

बडीमालिका ८ मा बडीमालिका मन्दिर स्थापना गरिएको छ। बडीमालिका धार्मीक यात्राको प्रवेशद्धवारमा स्थापना गरिएको मन्दिरमा हरेक चाड पर्वको अवसर पारी मेला लाग्ने गरेको छ। पुजाका लागि मन्दिर पुगेका युवतीहरुलाई बडीमालिका नगरपालिका ८ का दलबहादुर रावलले तिमीहरुको हक छैन्, भन्दै टिका लगाउन अस्वीकार गरेका हुन्।

प्रकाशित मिति: : 2023-09-07 19:03:00

प्रतिकृया दिनुहोस्

    Yo ta ati abrad vyo hamle neya paunu parxa

    • 7 महिना अगाडि
    • Datta nepali