कोभिडपछि भित्रिए २ अर्बका भेन्टिलेटर: अधिकांश थन्किँदा आधाजसो बिग्रिएर 'कोमा'मा !

पहुँचका भरमा जथाभावी वितरण, सरकारीमा भेन्टिलेटर थन्किँदा निजी अस्पताल धाउँदै बिरामी

लोकान्तर

काठमाडौं

पछिल्लो ३ वर्षमा देशभरका सरकारी अस्पतालमा झण्डै २ अर्ब मूल्यका भेन्टिलेटर पुर्‍याइए पनि लापरबाहीका कारण सञ्चालनमै नआई अलपत्र परेको पाइएको छ।

संघ, प्रदेश र स्थानीय सरकारले छुट्टाछुट्टै किनेका, अस्पताल आफैंले खरिद गरेका र विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भेन्टिलेटरहरूको सदुपयोग नगर्दा राज्यको अर्बौं रुपैयाँ लगानी बालुवामा पानीसरह बन्न पुगेको छ।

कोभिडपछि स्वास्थ्य सेवा विभागले मात्रै देशभरका विभिन्न सरकारी अस्पतालमा ८४० थान भेन्टिलेटर हस्तान्तरण गरेको छ, तर धेरैजसो भेन्टिलेटर अहिले सञ्चालनमै छैनन्। केही उदाहरण हेरौं:

मधेश प्रदेशको महोत्तरी प्रादेशिक अस्पताल जलेश्वरमा झन्डै तीन वर्षअघि खरिद गरिएका ५ थान भेन्टिलेटर हालसम्म पनि सञ्चालनमा आउन सकेको छैनन् ।

कोभिडको पहिलो संक्रमणकालमै मधेश प्रदेश सरकारले ५ वटा भेन्टिलेटर किनेर अस्पताललाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति: : 2023-09-08 11:09:00

प्रतिकृया दिनुहोस्