बाँकेकाे समशेरगन्जमा ट्रकसँग बस ठाेक्कियाे, पाँचजनाकाे मृत्यु

चितवनबाट बर्दिया फर्किदै गरेकाे भ्रमण टाेली चढेकाे बस दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु भएकाे छ। 

बर्दिया ठाकुरबाबा नगरपालिका- ९ सामुदायिक वनका सदस्यहरु बसमा सवार थिए। 

चितवनकाे भरतपुरबाट बर्दिया फर्कीदै गरेको बस बाँकेको  राप्तीसोनारी गाउँपालिका- ८ शम्शेरगन्ज नजिकै ट्रकमा ठोकिँदा बसमा सवार पाँच जनाकाे मृत्यु भएको छ। 

२५ जना भन्दा बढी घाइते भएकाे नेपालगन्ज उपमहानगरपालिका 18 का वडाध्यक्ष दिपक बर्माले बताएका छन्।

 घाइते सबैको मेडिकल कालेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइ रहेको छ।

प्रकाशित मिति: : 2023-09-08 23:29:00

प्रतिकृया दिनुहोस्