अमेरिकासँग गर्ने संयुक्त सैन्य अभ्यासबाट नेपाललाई कस्तो फाइदा

बिबिसी

काठमाडाैं

नेपाली सेनासँगको संयुक्त अभ्यास गर्न अमेरिकी सेनाको विशेष फौज बिहीवार अमेरिकी वायु सेनाको जहाजमा काठमाण्डू ओर्लिएको छ।

नेपाली सेनाका अनुसार भदौ २४ गते आइतवारदेखि असोज १२ गतेसम्म चल्ने उक्त अभ्यासमा नेपाली ३० र अमेरिकी १२ जना गरी ४२ जना सैनिक सहभागी हुने छन्।

संयुक्त अभ्यास मूल रूपमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा केन्द्रित हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

प्रकाशित मिति: : 2023-09-09 18:21:00

प्रतिकृया दिनुहोस्