शनिबारदेखि निरन्तर भइरहेकाे वर्षाका कारण बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध भएको छ। सदरमुकाम मार्तडी जोड्ने सडक अन्तर्गत अम्कोटमा पहिरो आएपछि सडक अवरुद्ध भएकाे हो।
सडक गए रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए। अम्कोटमा लगातार पहिरो बग्न थालेकाले पन्छाउन सम्भव नभएको कारण सडक अवरुद्ध भएकाे उनले जानकारी दिए।
‘लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको छ। वर्षा रोकिएपछि पहिरो हटाएर सडक नियमितरुपमा सञ्चालन गर्न पहल गर्ने छाैँ’, प्रहरी निरीक्षक भण्डारीले भने।
पहिरोका कारण लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै अलपत्र परेका छन्।