ललिता निवास जग्गा प्रकरणको थुनछेक बहस सकिएको छ। जिल्ला अदालत काठमाडौँमा दर्ता भएको मुद्धामा बहस सकिएको अदालतको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा मीनबहादुर गुरुङ, शिवजी भट्टराई, बालकृष्ण श्रेष्ठ, रुद्रकुमार श्रेष्ठ, कलाधर देउजा, गोपाल कार्की, घमनकुमार कार्कीलगायत १८ जना थुनामा छन्।
उनीहरुविरुद्धको मुद्धाको बहस सकिएकाले अब पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश आजै साँझ ४ बजे आउने सूचना अधिकारी दाहालले बिएल नेपाली सेवालाई बताए।