मृतक मेजर पण्डितकाे शव पोष्टमार्टमकाे लागि काठमाडाैँ पठाइयो

डोल्पाको नन्दबक्स ब्यारेकका नेपाली सेनाका मेजर विमल पण्डितको शव काठमाडाैँ लगिएको छ।

बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत मृतक मेजर पण्डितको शव काठमाडाैँ पठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।  

भदौ १० गते साँझ एक्लै इभिनिङ वाल्क जान्छु भन्दै निस्किएका मेजर पण्डितकाे शव १६ दिनपछि मंगलबार बिहान त्रिपुरासुन्दरी नगरपालिकाकाे वडा नं ५ करवगाडस्थित चिन्डेबगर भिरकाे नजिकै भेरी नदीको किनारमा फेला परेको थियो।

मृतक मेजर पण्डितको पोष्टमार्टमपछि अन्त्येष्टि हुने बताइएको छ। मेजर पण्डित मृत्युको कारण भने खुल्न सकेको छैन।

प्रकाशित मिति: : 2023-09-13 14:46:00

प्रतिकृया दिनुहोस्