नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्ता ज्ञानेन्द्र मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई भेट्न ‘घण्टीघर’ पुगेका छन्। मल्ल बुधबार दिउँसो बालाजुस्थित रास्वपा केन्द्रीय कार्यालय ‘घण्टीघर’ पुगेका हुन्।
‘...रवि लामिछाने र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान श्री ज्ञानेन्द्र मल्लबीच आज पार्टीको कार्यालयमा भेटवार्ता भएको छ। सो भेटमा पूर्वकप्तान मल्लले आफ्नो खेल जीवनको अनुभव सुनाउनुका साथै नेपाली क्रिकेटको स्तरोन्नति तथा खेलाडीहरूको मनोवृद्धिलगायतका विषयमा छलफल भयो,’ रास्वपाले सामाजिक सञ्जालमा भनेको छ।
मल्लले यही साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यान्स लिएका थिए। त्यतिबेला मल्लले सन्यान्सपछिको योजनाबारे खुलाएका थिएनन्। यद्यपि, उनी कुनै राजनीतिमा सक्रिय हुन सक्ने अनुमान गरिएको थियो।
यही अनुमानकाबीच मल्ल घण्टीघर पुगेका हुन्।
भेटवार्तामा सभापति लामिछानेसहित महामन्त्री मुकुल ढकाल र केन्द्रीय सदस्य प्रतिवा रावल पनि सहभागी थिए।