एसिया कपको फाइनल प्रवेशका लागि आज श्रीलंका र पाकिस्तान खेल्दै छन्।
बिहिबार आर प्रेमदासा क्रिकेट स्टेडियममा खेल हुनेछ। खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बाट हुनेछ। यसअघि भारत एक खेल अगाडि नै फाइनल प्रवेश गरेको छ। सुपर फोर अन्तर्गतको खेलमा श्रींलका र पाकिस्तान दुवैले एक एक खेल जितेका थिए।
एसिया कपको फाइनल खेल भने आइतबार हुनेछ।