नेपाली कांग्रेस बागमती प्रदेश खेलकुद तथा युवा विभागले युवा र खेलकुद नीतिबारे कार्यशाला गोष्ठी गर्ने भएको छ। शुक्रबार हुने एकदिने गोष्ठीमा विभिन्न विषय विज्ञहरूले कार्यपत्रहरू प्रस्तुत गर्ने छन्।
कार्यशालामा नेपालको खेल विज्ञान र युवा तथा नीति निर्माण तहमा युवा प्रतिनिधित्वका बारेमा छलफल हुनेछ।
सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठान, ललितपुर नगरपालिका, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालय वाग्मती प्रदेशले यसका लागि सहकार्य गरेका छन्।
गोष्ठीमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव कुमार दाहाल, प्राध्यापक रामकृष्ण महर्जन तथा प्रोफेसर सुवास न्यौपाने लगायतले कार्यपत्र प्रस्तुत गर्नेछन्।