सर्वाेच्च अदालतको न्यायाधीशमा विनोद शर्मा अनुमाेदित भएका छन्।
आजको संसदीय सुनुवाइ समितिको बैठकले शर्मालाई न्यायाधीशमा सर्वसम्मत अनुमाेदन गरेको हो।
शर्माले आमनागरिकको अपेक्षा पूरा गर्न इमान्दार प्रयास रहने प्रतिवद्धता व्यक्त गरेका छन्। ‘नेपालको संविधानले आत्मसाथ गरेको मूल्य र मान्यताको अधिनमा रही आमनागरिकबाट अपेक्षा गरिएको भूमिका पूरा गर्ने प्रक्रियामा मेरो इमान्दार प्रयास रहनेछ,’ शर्माले भने।