द्वन्द्वकालीन बम विस्फोट हुँदा पूर्व–पश्चिम राजमार्गमा क्षति

द्वन्द्वकालीन बम विस्फोट हुँदा पूर्व–पश्चिम राजमार्गमा क्षति पुगेको छ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित ढकेरीमा पूर्व–पश्चिम राजमार्गमा बम विस्फोट भएको हो।

बम विस्फोट हुँदा तीन फिट गहिरो खडल परेको छ। विस्फोट भएको ठाउँमा वरपर केही चुना र खिया लागेका तारहरु भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीले बिएल नेपाली सेवासँग बताए।

उनकाअनुसार उक्त बम द्वन्द्वकालीन हुन सक्ने आँकल गरिएको छ। विस्फोट भएको स्थान मानव बस्तीभन्दा टाढा जंगलमा पर्छ। बम विस्फोट भएको आवाज कसैले नसुकाले कति बजे विस्फोट भएको हाे भन्ने खुलेको छैन।

तर गए राति विस्फोट भएको र आज बिहान मात्र प्रहरीलाई स्थानीयले जानकारी गराएका थिए। विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन।

बम विस्फोटपछि क्षति पुगेको सडकको मर्मत गरिएको छ।

प्रकाशित मिति: : 2023-09-17 12:23:00

प्रतिकृया दिनुहोस्