सजिलै फारम भर्न सकिने एप ‘ओम्नियुज’ नेपालमा

सजिलै फारम भर्न सकिने मोबाइल एप ‘ओम्नियुज’ नेपालमा सार्वजनिक भएका छ। अमेरिकी कम्पनी डिजिटल फर्मुलेसन एलएलसीले बनाएको एप आइतबारदेखि नेपालमा सार्वजनिक गरिएको हो।

नेपालमा डि–टेक कम्पनीले यस एप वितरणको जिम्मा लिएको छ। टि–टेक कम्पनीले आइतबार पत्रकार सम्मेलन गर्दै एपबारेमा जानकारी गरायो। डि–टेकका प्रतिनिधि ध्रुव ज्ञावलीकाका अनुसार यस एप धेरै फारम भर्नुपर्ने संस्थाहरुका लागि बनाइएको हो।

विद्यालय, कन्सल्टेन्सीलगायत विभिन्न कम्पनीले आफ्ना ग्राहक तथा सेवाग्राहीका डेटा संकलन, प्रशोधन गर्न सजिलो हुने गरी ओम्नियुज बनाइएको ज्ञावलीले बताए। जसमा गुगल र माइक्रोसफ्टभन्दा बढी फिचर रहेको दाबी गरिएको छ। 

यो एपमा कतिपय सुविधा निःशुल्क उपलब्ध छन्। तर धेरै सेवा प्रयोग गर्नका लागि वार्षिक दुई हजारदेखि ३५ हजार बढीसम्म शुल्क तिर्नुपर्ने छ। ओम्नियुज एप तीन तरिकाले प्रयोग गर्न सकिन्छ।

वब एप, मोबाइल एप र कनेक्ट एपीआई गरी तीन किसिमले प्रयोग गर्न सकिन्छ। ओम्नियुज वेब एप्लिकेसनले विभिन्न संघसंस्थाहरुको फर्म बनाउन, प्रकाशित गर्न र पेस गरेको फाराम व्यवस्थापन गर्छ।

नेपालीसँगै विभिन्न भाषामा उपलब्ध रहेको यस एप सुरक्षाका दृष्टिकोणले सुरक्षित रहेको ज्ञावलीले बताए। ओम्नियुज नेपाल डटकमको सर्भर र डेटाबेस नेपालमा रहेकाले यस एपबाट डेटाहरु चोरी नहुने कम्पनीको दाबी छ।

प्रकाशित मिति: : 2023-09-17 18:04:00

प्रतिकृया दिनुहोस्