शिक्षकहरुको आन्दोलनका कारण काठमाडौँको सवारी आवागमन अस्तव्यस्त भएको छ।
माइतीघमा भेला भएर नयाँ बानेश्वर हिँडेका शिक्षकहरुले सडक नै ढाकेर विरोध प्रदर्शन गरेपछि काठमाडौँको सवारी आवागमन अस्तव्यस्त बनेकाे हाे।
प्रहरीले माइतीघर मण्डला हुँदै चल्ने सवारी साधनहरुलाई डाइभर्सन गरेपछि अन्य सडकमा सवारी चाप बढेकाे छ। शिक्षकहरुले प्रदर्शनले माइतीघर-बानेश्वर सडक सवारी चल्न सकेकाे छैन।
सरकारले भदाै २७ गते संसद सचिवालयमा दर्ता गरेकाे 'विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशाेधन तथा एकीकरण गर्न बनेकाे विधेयक' प्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन्।
विधेयककाे मस्यौदामा नेपाल शिक्षक महासंघ र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका ३० बुँदे र ५१ बुँदे सहमतिका सबै बुँदाहरु उचित ढङ्गबाट नसमेटिनु तथा स्थायी, अस्थायी, करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षकलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका धेरै माग मुद्दाको सम्बोधन नगर्नुले आन्दोलनमा उत्रिनु परेकाे शिक्षकहरूले बताएका छन्।