काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले विभिन्न माग राखेर महानगरको अगाडि धर्ना दिएका अभियान्ताहरु वार्ताको बोलाउँदा पनि बेवास्ता गरेको भन्दै असन्तुष्टि पोखेका छन्।
महानगरको कार्यशैली आपत्ति जनाउँदै मंगलबारदेखि धर्नामा बसेका २८ वर्षीय ई.लगायतलाई वार्ताको लागि बोलाए पनि नआएको बालेनले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्।
‘उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ यहाँहरुको कुरा र समस्या सुनौँ भन्दा अभियनताहरु संवादमा बोलाउँदा आउन खोज्नु भएन,’ बालेन्द्रले भनेका छन्।
लोकतान्त्रिक अभ्यासमा समस्याहरुको समाधान संवादबाट हुने भएपनि वार्ताको लागि तयार नहुने अभियान्ताहरु कुनै राजनीतिक स्वार्थसँग जोडिएको बालेन्द्रले गरेका छन्। उनले भनेका छन्, ‘के वार्ता हामीले उहाँहरुको नेतासँग गर्न पर्ने?’
यद्यपि, धर्नारत ई.ले बालेन आफूहरु भएकाे ठाउँमा नआएकाे दाबी गरेका छन्। उनले भनेका छन्, ‘उहाँहरु आउनु भएकाे छैन। सँगै जवादेहिता माग गरिरहेका साथीहरु साक्षी छन्।’ बरु केही समयअघि एक जना नगर प्रहरी आएर झाेंक्किएर फर्किएकाे उनकाे भनाइ छ।
अभियन्तहरुले मंगलबारदेखि महानगरको प्रवेशद्वार अगाडि निरन्तर उभिएर आन्दोलन गरिरहेका छन्।
उनीहरुको असन्तुष्टि महानगर र बालेन्द्रको कार्यशैलीप्रति हो।