साफ यू-१९ च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।
दशरथ रगंशलमा हुने खेलमा आज नेपालले माल्दिभ्सलाई हराउनै पर्ने दबाब छ। यसअघि भएको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ।
नेपालको सुरुवाती ११:
जियारथ शेख (कप्तान, गोलकिपर), आयुष तिम्सिना, दीपक थापामगर, निङसाङ पारसङदेन, अश्विन घोरासैनी, समीर तामाङ, कुशल देउवा, प्रशान्त लक्षम, निराजन धामी, अनिल बम्जन, सुजन डंगाेल, अभिनाश साङ्तान।