नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टि-२० विश्वकप एसिया फाइनल छनोटअघि त्रिकोणात्मक शृङ्खला आयाेजना गर्ने भएको छ।
मगलबार नयाँ कार्यसमितिको बैठकले टी– २० विश्वकप छनोटको तयारीका लागि नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने निर्णय गरेको अधिकारीहरूले जनाएका छन्।
प्रतियोगिता टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३० असोजदेखि ९ कात्तिकसम्म हुनेछ।